राजनीति

विप्लव समूहका नेता हतियारसहित पक्राउ



विराटनगर, ३१ असार । विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख हतियारसहित पक्राउ परेका छ

मोरङ प्रहरीले ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई मंगलबार उर्लाबारी नगरपालिका-३ स्थित घरबाट पक्राउ गरेको हो ।

बोहराका साथबाट एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम बरामद भएको प्रहरीले जनाएको छ ।