Banner News

संशोधन प्रक्रियामा गए देश दुर्घटनामाः वरिष्ठ नेता खनाल



पोखरा, १० माघ । नेकपा ९एमाले०का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरे।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता खनालले संविधान संशोधनभन्दा कार्यान्वयन एमालेको प्रमुख मुद्दा भएको जिकिर गरे ।

निर्वाचनको मिति घोषणा गर्न आलटाल नगरी अविलम्ब घोषणा गर्न आग्रह गर्दै उहाँले अर्को सालको माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न भएमात्रै संविधान कार्यान्वयन हुने धारणा राखे ।

वरिष्ठ नेताले संविधान संशोधनको अहिले कुनै अर्थ छैन र संशोधनको प्रक्रियामा गए देश दुर्घटनामा पर्ने चेतावनीसमेत दिए ।

कार्यक्रम प्रेस चौतारी नेपाल, कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।