विश्व

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३४ लाख २९ हजार नाग्यो



काठमाडौँ, ३१ असार । विश्वमा नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड ३४ लाख २९ हजार ४४९ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ५ लाख ८१ हजार ११८ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ७८ लाख ४६ हजार ४२३ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३५ लाख ४५ हजार ७७ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ अहिलेसम्म ब्राजिलमा १९ लाख ३१ हजार २०४ जना, भारतमा ९ लाख ३७ हजार ४८७ जना, रसियामा ७ लाख ३९ हजार ९४७ जना र पेरुमा ३ लाख ३३ हजार ८६७ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ३९ हजार १४३ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ७४ हजार २६२ जना, बेलायतमा ४४ हजार ९६८ जना, मेक्सिकोमा ३६ हजार ३२७ जना र इटालीमा ३४ हजार ९८४ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १६ लाख १९५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना, भारतमा ५ लाख ९३ हजार ८०, रसियामा ५ लाख १२ हजार ८२५ र चिलीमा २ लाख ८९ हजार २२० जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १० हजार ३ सय २८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।