समाचार

जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते



दाङ, १ साउन । दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

आज बिहान घोराही उपमहानगरपालिका ३, मसोट खोलामा रा.१च ९६२ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार तुलसीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वलीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

यस्तै, घाइते हुनेमा सोही वडाका जिप चालक ३८ वर्षीय भीमबहादुर वली, २६ वर्षीय देवराज वली, १७ वर्षीय विशाल वली र  २४ वर्षीय गोपाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते चारैजनाको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।