विराटनगर, १ साउन । जबरजस्ती करणी गरेको आरोपमा विराटनगरबाट एक पूर्व प्रहरी पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१२ बखरी घर भएका अवकाश प्राप्त सई नयन श्रेष्ठले २०७६ फागुन ३ मा आफूलाई जबर्जस्ती करणी गरेको दावी गर्दै एक महिलाले उजुरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
घटनाको पाँच महिनापछि महिलाले आफूलाई धम्की दिएर बलात्कार गरेको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ । प्रहरीमा जाहेरी दिएकी महिलाले बलात्कार गरेको भिडियो बनाएको र सोही भिडियोको आधारमा श्रेष्ठका नाताले भाइ पर्ने ज्योति श्रेष्ठले ब्लाकमेलिङ गरेको उल्लेख छ ।
उक्त घटनापछि नयनकी श्रीमतीले पनि ब्लाकमेलिङ गरेको महिलाको दाबी छ । नयनका भाइ र श्रीमतीलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्