काठमाडौँ, १ साउन । थप १६५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४/१४ जना, बाँके र डडेलधुराका ८/८ जना, इलाम र दैलेखका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।
झापा, सुनसरी र अछामका ४/४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३/३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २/२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा एक/एकको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज २१३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार २ सय ४९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्