विचार/ब्लग

इतिहासको गम्भीर मोडमा नेकपा



नरेश्वर ज्ञवाली

यतिबेला मुलुकको करिब दुइ तिहाई सरकारको बागडोर समातेको नेकपा विवाद गम्भीर मोडमा रहेको छ । नेकपाको बिगत हेर्दा स्थापना कालदेखि हालसम्म विवाद र विभाजनका अनेक श्रृखला पारगरेर यहाँसम्म आइपुगेको छ । तत्कालिन विवादहरु कम्तीमा सैद्धान्तिक र कार्यनीतिक कारणहरुले गर्दा भएका थिए । जस्तै कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको तेस्रो सम्मेलन, पूर्वकोसी प्रान्तिय कमिटी, नेकपा मशाल र मोहनबिक्म सिह, नेकपा माओवादी भित्रको विवाद र २०५४ सालमा भएको नेकपा एमाले भित्रको विभाजन आदीमा निती सिद्धान्त र कार्यनितीक कारणले कम्युनिष्ट पार्टी विभाजनको तहसम्म पुगेका हुन ।

तर यति नेकपा भित्रको विवादको रुप र सार फरक ढंगले देखिएको छ । निकै उत्साह र उमंगका साथ दुई वर्ष अगाडी २०७५ साल जेष्ठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएर नेकपा बनेको हो । त्यहि उत्साहको कारण नेपाली जनताले राजनीतिक स्थीरताको लागी पूर्ण बहुमतको साथ सरकार गठन गर्न जनादेश दिए । ताकि नेकपाको संयुत्त घोषणा पत्रमा उल्लेखित बाचा कबुलहरु पुरा गर्नेछ भन्ने जन बिश्वास थियो ।

तर जनताको म्यानडेट सरकारको नेतृत्व गर्ने ब्यक्तीले पार्टी वा सरकारको विधि विधान र पद्धती भन्दा माथी बसेर नै सत्ता सञ्चालन गरोस् भन्ने पक्कै पनि थिएन । अस्थीरताको कहाली लाग्दो अवस्थाबाट गुज्रेका नेपाली जनताहरु राजनीतिक आर्थिक र सामाजिक क्षेत्रहरु विधी र पद्धती अनुसार अनुशासित ढंगले नै चलुन भन्ने थियो साथै नेपालको संविधानमा उल्लेखित भए बमोजिम समाजवाद उन्मुख अर्थतत्रलाई बिस्तारै लागु गर्दै समाजमा देखियको दलाल पुजिवाद र त्यसको प्रवृतिको अन्त्य नेपाली जनताले चाहेका थिए ।

तर त्यसको ठिक बिपरित सरकारका गलत कृयाकलापहरु जनताले टुलुटुलु हेरेर बस्न बाध्य भए । कोभिड १९ महामारीको बेलामा समेत मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार भएको तथ्य बाहिर आइरहेको छ । ठूला ब्यापारिक घरानाहरु यतिसमुह, ओम्नी आदी कंम्पनिहरुको छायामा सरकार चलिरहेको उनिहरुकै पकडमा राजनितीक नियुक्तीहरु हुने ।

हरेक तहर तप्कामा नातावाद र कृपावाद मौलाएको नेपाली जनताले कदापी चाहेका थिएनन । यसको बाबजुद पनि राष्ट्रिय हितमा महत्वपूर्ण कार्य यो सरकारको नेतृत्वमा भएको छ । पूर्ण सर्बदलिय सहमती साथ भारतले कब्जा गरिराखेको कालापानी लिम्पीयाधुरा र लिपुलेक समेत समेटिएको नेपालको नक्सा जारि गर्ने काम एक ऐतिहासीक नै कार्य हो ।

तर पनि संसदिय प्रणालिमा सत्तारुढ दलको नेतृत्वले सरकार चलाउँदा पार्टीको सल्लाहा सुझाब र निर्णयलाई अवश्य पनि मान्नु पर्ने हुन्छ । यदि मानिएन भने सरकार बेलगामको घोडा बन्ने त्यसको जस अपजसको भागिदार पार्टी र जनता बनिरहने यो कदापी हुन सक्दैन । हाल देखिएको नेकपाको विवादको चुरो भनेको यहिनै हो । यहा दुबै पक्ष्यबिच कुनै सैद्धान्तीक बिबाद नै छैन बिधी बिधान र पद्दतीमा सबै चल्ने कि नचल्ने मुख्यकुरा यहिनै हो । जनताले दिएको म्यान्डेट बमोजिम राजनितीक स्थीरता बिकास र सम्बृद्दीको लागी प्धानमत्री बिधी पद्दतीमा अबस्य चल्नु पर्छ । संसदिय प्रणलीको लोकतान्त्रीक सुन्दरतानै यहि हो । सरकार परिबर्तनले समस्या समाधान नहुन सक्छ तर म नै सबै ठिक हु मइले जे गरे त्यो सबै ठिक हो भन्ने प्बृती कम्युनिष्ट पार्टी भित्र माक्सबादी दन्दबाद होइन । समस्याको समाधान माक्र्सबादी दन्दबादले खोजिनु पर्छ हरेक ब्यक्ती वा सस्था कमि कमजोरी बिहिन पक्कै हुदैन यो पद्दतीले हरेक ब्यक्तीमा कमजोरी हुन्छन भन्ने प्रकृयाको उजागर गर्छ । त्यसकोनिराकरण भनेको अबदेखी कमजोरी हुदैन भनेर बचन बद्दता ब्यक्त गर्दै आत्मालोचना वा माफी माग्नु र साथै अब यस्तो हुदैन भनेर ग्यारेन्टी दिनु हो, नेतृत्वहरु सबैले यो महशुस गर्ने हो भने समाधान पक्कै निक्लीन सक्छ ।

कोहिपनि नेपाली जनता वा पार्टीका कार्यकर्ता यति बेला नेकपा बिभाजनको खबर सुन्न चाहेका छैनन । निरंकुशताको बिरुद्द गणतत्र प्राप्तीको संघर्ष लाखौ कार्यकर्ता र नेपाली जनताको त्याग र बलिदानले भरिएको छ यदि समस्याको समाधान नभएर दुर्घटना भएको खण्डमा यसको सम्पुर्ण जिम्मेवार तपाइनेताहरुको नै हुने छ । के हामी देश र जनताको लागी थारै पनि त्याग गर्न सक्दैनौ । यदि आफनो कारण वा आफनो नेतृत्वको कारणले बिबाद भएको छ भनि समस्या समाधानको लागी त्याग गर्न सक्नुनै महानताहो र त्यो नै महान ब्यक्ती हो । यसले उसको कदलाई सदैब उच्च बनाउने छ । धन्यबाद ।

काठमाण्डौ ३१ बानेश्वर ।