बुटवल, ३ साउन । रुपन्देहीको देवदहस्थित बुटवल खैरेनी सडकखन्ड पुर्व जंगल क्षेत्रमा कार र मिनि ट्रक एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् ।
शनिबार बिहान ६ बजे वीरगन्जबाट बुटवलतर्फ आउँदै गरेको ना ७ ख ४९४७ नम्बरको आईचर ट्रक र बैतडीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १७ च २२१७ नम्बरको कार एक-आपसमा ठोक्किँदा कार चालक डम्बरसिँह बिस्टसहित अन्य ६ जना घाइते भएका हुन् ।
घाइतेहरुको उपचारका लागि देवदहस्थिति देवदह मेडिकल कलेजमा लगिएको र उनीहरू सबै खतरामुक्त नै रहेको देवदह मेडिकल कलेजले जनाएको छ ।
तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्