Banner News

नेकपा सचिवालय बैठक सकियो



काठमाडौँ, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेदेखि बसेको बैठक भर्खरै सकिएको हो । नेकपाभित्र देखिएको विवाद समाधान हुन नसक्दा लगातार बैठक बसिरहेका छन् ।

जनताले दिएको जनमतलाई सहमतिको आधारमा पार्टी र सरकार अघि बढ्ने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमनत्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिने विषयमा छलफल भएको तर निश्कर्षमा भने पुग्न नसकेको समेत प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।

सचिवालयको बैठकले भोली तीन बजे हुने स्थायी कमिटीको बैठक भने हुने बताउनुभयो । स्थायी कमिटीमा समेत प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्ने विषयमा ओपचारीक प्रस्ताव नै नआएकाले पार्टी तथा सरकारको विभिन्न कोणबाट छलफल जारी रहने बताउनुभयो ।