एजेन्सी, ५ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ६ लाख ८ हजार ५३९ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ४६ लाख ३३ हजार ३८ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ८७ लाख ३० हजार १६३ जना उपचारपछि घर फर्किएका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४३ हजार २६९ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ७९ हजार ५३३ जना, बेलायतमा ४५ हजार ३०० जना, मेक्सिकोमा ३८ हजार ८८८ जना र इटालीमा ३५ हजार ४५ जनाको मृत्यु भएको छ ।
हालसम्ममा कोरोना भाइरसकाबाट अमेरिकामा संक्रमित हुनेको संख्या ३८ लाख ९६ हजार ८५८ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २० लाख ९९ हजार ८९६ जना, भारतमा ११ लाख १८ हजार १०७ जना, रसियामा ७ लाख ७१ हजार ५४६ जना र दक्षिण अफ्रिकामा ३ लाख ६४ हजार ३२८ जनामा संक्रमण देखिएको छ ।
हालसम्ममा अमेरिकामा १८ लाख २ हजार ३३८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १३ लाख ७१ हजार २२९ जना, भारतमा ७ लाख ३९९, रसियामा ५ लाख ५० हजार ३४४ र चिलीमा ३ लाख १ हजार ७९४ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या ११ हजार ६ सय ९५ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्