समाचार

काठमाडौँमा पहिरोबाट एक जनाको मृत्यु



काठमाडौँ, ५ साउन । काठमाडौँमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

काठमाडौं प्रहरीका अनुसार  गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । सँगै हिँडिरहेका वेला उनी खोल्सातिर माथिबाट पहिरो आएर थिचेछ र  कराएपछि अरु पुगेर १० मिनेटमै निकालेछन् यद्यपि उनको मृत्यु भईसकेको थियो ।