राजनीति

आज साउदी, कतार र मलेसियाबाट १२ सय बढी नेपाली स्वदेश फर्किदै



काठमाडौँ, ६ साउन । आज विभिन्न सात उडानमार्फत साउदी, कतार र मलेसियाबाट १२ सय १५ जना नेपाली स्वदेश फर्किंदैछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज साउदीबाट तीन, मलेसियाबाट तीन र कतारबाट एक उडान हुनेछन् । साउदीको दमाम र रियादबाट हिमालयन एयरलाइन्सका दुईवटा उडानमार्फत २९७ जना नेपाली स्वदेश फर्किनेछन् । साउदीकै रियादबाट नेपाल एयरलाइन्सको जहाजले २६० जना नेपाली लिएर आउनेछ ।

यस्तै मलेसियाबाट दुईवटा म्यालिण्डो र एउटा नेपाल एयरलाइन्समार्फत ५०६ जना नेपाली स्वदेश फर्किने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यस्तै कतारबाट हिमालय एयरलाइन्समार्फत १५२ जना स्वदेश फर्किनेछन् ।