एजेन्सी, ६ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड ४८ लाख ४५ हजार १८ जनामा संक्रमित भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ६ लाख १२ हजार ८२९ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ८८ लाख ९८ हजार २३९ जना पुगेको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३९ लाख ६१ हजार २०६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ अहिलेसम्म ब्राजिलमा २१ लाख २१ हजार ६४५ जना, भारतमा ११ लाख ५४ हजार ९१७ जना, रसियामा ७ लाख ७७ हजार ४८६ जना र दक्षिण अफ्रिकामा ३ लाख ७३ हजार ६२८ जनामा संक्रमण देखिएको छ ।
कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४३ हजार ८२६ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८० हजार २५१ जना, बेलायतमा ४५ हजार ३१२ जना, मेक्सिकोमा ३९ हजार १८४ जना र इटालीमा ३५ हजार ५८ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा १८ लाख ४९ हजार ४७९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १४ लाख ९ हजार २०२ जना, भारतमा ७ लाख २४ हजार ७०२, रसियामा ५ लाख ५३ हजार ६०२ र चिलीमा ३ लाख ३ हजार ९९२ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या ११ हजार ८ सय ६८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्