एजेन्सी, ६ साउन । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा काेराेना संक्रमण दर बढेसँगै दैनिक मृत्यु संख्या समेत बढिरहेकाे छ । हाल विश्वमै काेराेना संक्रमणबाट सर्वाधिक दैनिक मृत्यु ब्राजिलमै देखिएकाे छ । संक्रमणका केसमा भने अमेरिका अघि देखिएकाे छ ।
ब्राजिलमा साेमबार एकै दिन २१ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेकाे छ भने ७ सय १८ जनाकाे मृत्यु भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । यससँगै ब्राजिलमा काेराेना संक्रमित कुल संख्या २१ लाख २१ नाघेकाे छ ।
अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या पनि ८० हजार ९९ पुगेकाे छ । यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये १४ लाख १३ हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । साेमबार मात्र एकै दिनमा त्यहाँ ३९ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्