काठमाडौँ, ७ साउन । आज हिजो अस्तिकोभन्दा कम पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभरीकै मौसम सामान्य बादल लागेर हल्का र मध्यम खालको पानी भने पर्ने भएपनि हिजोअस्तिको भन्दा कम पानी पर्ने छ ।
तर एक, दुई ठाउँमा भने आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको र हिजोअस्ति नै धेरै पानी परेकाले बाढी पहिरोको जोखिम कायमै रहेकाले सचेत हुन महाशाखाले आग्रह गरेको छ ।
गएको २४ घण्टामा सबैभन्दा धेरै सिमरामा १ सय ३२ दशमलव २ मिलिमिटर पानी परेको छ ।










प्रतिक्रिया दिनुहोस्