काठमाडौँ, ७ असार । रौतहटमा चाँदी नदीमा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार चाँदी नदीको बाँध रहेको स्थानबाट मंगलबार बिहान चन्द्रपुर नगरपालिका–३ का ५८ वर्षीय सुकमान थिङ बेपत्ता भएका हुन ।
प्रारम्भिक अनुसन्धानको क्रममा पौडी खेल्ने क्रममा बाँधमा हाम्फाल्दा उनलाई बगाएको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा उनको खोजी कार्य जारी छ । चाँदी नदीको पानीलाई सिँचाइको लागि प्रयोग गर्न सो बाँधको प्रयोग स्थानीयले गर्ने गरेका छन् । अविरल वर्षाका कारण सो क्षेत्रमा पानीको बहाव तीब्र रहेको छ ।










प्रतिक्रिया दिनुहोस्