सम्पादकीय

व्यापारको नाफा घाटा भन्दा चुनावको चिन्ता



काठमाडौं, २४ चैत । उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि सोमबार उम्मेदवारी दर्ता गराएका प्रतिनिधिहरूले चुनावी प्रचार तीव्र पारेका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा र किशोर प्रधानले छुट्टाछुट्टै कार्यक्रम गरी चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।

महासंघको आगामी कार्यकालका लागि ६४ पदमा १ सय १२ जनाको उम्मेदवारी दर्ता भएको छ । यसमध्ये गोल्छा प्यानलले राजधानीको अन्नपूर्ण होटलमा मंगलबार एक समारोहमा उम्मेदवार परिचय तथा आफ्नो चुनावी एजेन्डा घोषणा कार्यक्रम गरेको छ ।
गोल्छा प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्ष पदका लागि दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । वस्तुगत समूहतर्फको उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठ उम्मेदवार हुन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा चन्द्र ढकालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।

उनलाई सोमबारको कार्यक्रममा महासंघका तथा निजी क्षेत्रका अधिकारीहरूले बधाई दिइसकेका छन् ।  यो पटकबाट वरिष्ठ उपाध्यक्ष नै स्वतस् अध्यक्ष हुने व्यवस्था भएपछि सोही पदलाई मुख्य मानी चुनावी प्रचारलाई उद्योगी व्यवसायीले तीव्रता दिएका छन् । पूर्वअध्यक्षहरूसमेत गोल्छा र प्रधान समूहमा लाग्दै भोट माग्ने काम गरिरहेका छन् ।

लक्ष्य हाम्रो आर्थिक समृद्धिको नारासहित गोल्छा समूह चुनावी मैदानमा उत्रिएको छ । उनले उम्मेदवारी घोषणा सभामा अब आर्थिक सूचकांकहरू सकारात्मक दिशामा गइरहेकाले अब दिगो बनाउन लागि पर्नुपर्ने बताए ।

‘त्यसका लागि महासंघको भूमिका महत्त्वपूर्ण हुनेछ,’ उनले भने । महासंघको निर्वाचनका लागि गठिन निर्वाचन समितिका अनुसार ५ वटा पदमा आवश्यक पदअनुसार मात्रै उम्मेदवारी परेकाले सर्वसम्मत भइसकेको छ । बाँकी ५९ पदमा आवश्यकभन्दा थप उमारी परेको छ ।

उक्त पदहरूमा नाम फिर्ता लिने समय अझै बाँकी थप केही निर्विरोध हुने सम्भावना छ । वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्ष पदमा भने निर्वाचन हुने निश्चितप्राय: भइसकेको छ । चुनावी प्रचारप्रसारलाई प्रधान समूहले पनि विभिन्न कार्यक्रम गरी तीव्रता दिएको छ । उम्मेदवारी दर्ता गर्नुपूर्व दुई दिनअघि आइतबार उपत्यकाको याक एन्ड यती होटलमा एक कार्यक्रम गरी उम्मेदवार परिचय तथा घोषणाको कार्यक्रम प्रधान समूहले गरिसकेको छ । सोही प्रकृतिको कार्यक्रम गोल्छा समूहले भने मंगलबार गरेको हो ।

प्रधान समूहबाट जिल्ला/नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । बस्तुगत समूहतर्फको उपाध्यक्ष पदमा शंकरप्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा भने प्रधान समूहले उम्मेदवारी दिएको छैन । ‘सक्षम नेतृत्व सशक्त संगठन’ भन्ने नारा लिई चुनावी मैदानमा होमिएका छन् ।

उनले करिब डेढ दर्जन विषयलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । ‘न्याय र अन्याय छुट्याउने मतदाताले हो,’ उनले आफ्नो उम्मेदवारीबारे भने, ‘अब महासंघको नेतृत्वले संस्थागत इज्जत जोगाउने बेला आएको छ ।

’ आगामी चैत २८ र २९ गते निर्वाचनको मिति तय भएको छ । जिल्लारनगर, वस्तुगत, एसोसिएट, द्विराष्ट्रिय गरी महासंघमा करिब १४ सयले मतदान गर्ने हो । कान्तिपुरमा समाचार छ ।