काठमाडौँ, १० साउन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई सीमा विवादको बारेमा आफु प्रधानमन्त्री भएको समयमा कुनै पनि कुरा थाहा नै नपाउनेले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले हैन मैले हो भन्ने ? भनि गम्भिर प्रश्न गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले पार्टीका अध्यक्ष प्रचण्डलाई लक्षीत गर्दै आफु प्रधानमन्त्री भएको समयमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, भौगोलिक अखण्डतालगायतका कुराहरुमा केही थाहा नै नपाउनेले अहिले वर्तमान प्रधानमन्त्री ओलीले गरेका राष्ट्रियताका सवालमा उहाँले हैन, मैले गरेको भनि विभिन्न कार्यक्रममा बोल्नु गैरजिम्मेवारीपूर्ण कार्य भएको बताउनुभयो । कालापानी नेपालको हो भन्ने असंख्य प्रमाणहरु हुँदला हुँदै पनि प्रधानमन्त्री भएको समयमा अध्यक्ष प्रचण्डले चुईक्क बोल्न नसक्नु दुःखद् भएको प्रति लक्षीत गर्दै उहाँले ‘जो चोर उसकै स्वर’ भने जस्तै गर्नु नहुने संकेत गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले हिजो एक कार्यक्रममा नेपालका नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक प्रधानमन्त्री ओलीले नभई आफुले गरेको भनि विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । सोही प्रसंगलाई लक्षीत गर्दै मुख्यमन्त्री पोखरेलले राम्रो जति सवै आफुले गरेको र नराम्रो जति सवै अरुले गरेको भन्ने जस्ता कुतर्क गर्नुनहुनेमा जोड दिनुभयो ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभएको छ, ‘कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो । आफु प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’










प्रतिक्रिया दिनुहोस्