स्याङ्जा, १० साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मुलुकको समृद्धि र विकासका लागि अत्मनिर्भर बन्नुको विकल्प नभएको बताउनुभएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको महिला लघुउद्यम तथा उद्यमशील विकास कार्यक्रमअन्तर्गत वालिङमा सञ्चालित व्यावसायिक ढाका बुनाई सीप विकास तालिमको समापन कार्यक्रममा मन्त्री अर्यालले आत्मनिर्भर भएमात्रै देशको विकास गर्न सकिने बताउँदै आत्मनिर्भरताको बाटोमा लाग्न उहाँले आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “मुलुक आफैँ आत्मर्निभर नभएसम्म बोलेर मात्रै समृद्धि नआउने भएकाले सरकार आत्मर्निभरताको बाटोमा अगाडि बढेको छ, आयात घटाएर निर्यात नबढाएसम्म जनताको जीवनस्तरमा परिवर्तन आउन सक्दैन त्यसैले सबैले आफ्नो क्षमता र दक्षताअनुसारको काममा लागौँ, यसबाटै सबैको हित हुन्छ ।”
क्षणिक आवश्यकता पूर्ति गर्नेतिर लाग्नुभन्दा पनि सीप सिकेर दीर्घकालीनरुपमा आयआर्जन हुने बाटोमा लाग्नुपर्नेमा मन्त्री अर्यालले जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्