दाङ, ११ साउन । दाङको राप्ती गाउँपालिका-८ पिपरीमा जीपले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार हिजो बेलुकी बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा घाइते भएका पिपरीकै ४८ वर्षका राजकुमार चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राति मृत्यु भएको हो ।
तीन बालबालिकासहित एक युवतीलाई थप उपचारको लागि बुटवल रेफर गरिएको छ । जीपका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धाण भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्