समाचार

पहिरोले स्काभेटर र टिपर पुरिदा चालक बेपता



काठमाडौँ, ११ साउन । बाग्लुङ नगरपालिका १ रामरेखास्थित सामुदायिक वन क्षेत्रमा पहिरो जाँदा एउटा स्काभेटर, एक ट्याक्टर र टिपर पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार त्यसका चालकहरु सम्पर्कविहीन भएको छ । गएराति गएको पहिरोका कारण अहिलेसम्म नजिक जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।