काठमाडौँ, १२ साउन । थप १३९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक/एक जनामा पनि संक्रमण देखिएको छ ।
आज ६२६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १३ हजार ७ सय ५४ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या भने ४८ जना पुगेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्