समाचार

आजको राशिफल



आज २०७७ साल साउन १३ गते मंगलबार, श्रावण शुक्ल पक्ष अष्टमी, विश्व हेपाटाइटिस दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष (इवाविवुवेवो)

आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

मिथुन (काकिकुकेकोहा)

नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या (टोपापिपुपेपो)

आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

तुला (रारिरुरेरोतातितुते)

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

धनु (येयोभाभिभुधाफाढाभे)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्यपनि अघी बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । सन्तान सुख मिल्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

मीन (दिदुदेदोचाचि)

आज आफ्नो अधिकार प्राप्तिकालागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकाएको भय रहनेछ ।

साभारः हाम्रो पात्रोबाट