समाचार

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु



दाङ, १४ साउन । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।