समाचार

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, १५ साउन । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका १४ जना नयाँ संक्रमित फेला परेका छन् ।