राजनीति

निर्मला पन्तको हत्या: तत्कालिन एसपी विष्टसहित ८ जना प्रहरीले पाए सफाइ



कञ्चनपुर, १६ साउन । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेकाले सफाई पाएका छन् ।

८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको तथा हिरासतमा रहेकालाई यातना दिएको आरोप लागेको थियो ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिनुभयो ।