समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, १९ साउन । थप ४१८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै पर्सामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका ६७ जना, सप्तरीका ५१, मोरङका ४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६ तथा बाँके र कास्कीका ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

भक्तपुर, झापा र सुनसरीमा ५/५ जना, बारा र अछाममा ४/४ जना, ललितपुरना ३, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २/२ जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ३५८ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।