राजनीति

मन्त्री अर्यालको नेतृत्वमा भएको ३ मुख्य काम, जसले नेपालको शिर उचो बनायो



काठमाडौँ, २० साउन । राम्रोलाई नदेख्ने र नराम्रोको मात्र खोजी गर्ने समाजको केही तत्वका कारण सरकारले गरेको जनमुखी कार्यहरु जनताको माझमा जान सकेका छ्रनन् । यसमा आलोचककै मात्र समस्या हो भन्ने अवस्था पनि छ्रन । सरकारले पनि आफुले यो यो काम गरेका छौं भनि जनतामाझ प्रचार गर्न नसक्नु नै आलोचना हुने मुख्य कारण हो । गरेका कामलाई जनतामाझ पुर्याउन नसक्नु र आलोचकले घ्युमा तेल थपिरहेका कारण सरकारलाई बदनाम गराउने प्रयास भइरहेको छ । जसमा सरकारले आफुले गरेका काम तथा भविष्यमा गर्ने तयारी गरिरहेका कामहरुलाई जनतामाझ पुर्याई ति अनावश्यक आलोचनालाई तोड्नु अहिलेको अपरिहार्यता भएको छ ।

यसै क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको नेतृत्वमा भएका भूमि सम्बन्धी पनि सयौं जनमुखी कामहरु त भए तर त्यसको प्रचार हुन नसक्दा मुलुकको ऐतिहासिक कार्य पनि झिनो कुराले छोपिदिएको छ । मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले विगतमा छुटाइएको भूभाग समेटेर नेपालको अद्यावधिकरराजनितिक नक्सा सार्वजनिक, आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारका नाममा फिर्ता लगायतका महत्वपूर्ण कार्य गरेको छ । जसले मन्त्री, मन्त्रालयको मात्र नभई नेपाल र नेपालीको शिर उचो बनाएको छ ।

मन्त्री अर्यालले स्थानीय तहमा सेवा हस्तान्तरण, भूमि बैंकको स्थापना, भूमिहिन सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । मन्त्रालयलले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगती समिक्षा तथा मन्त्रालयस्तरिय विकास समस्या समाधानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कर्मचारीलाई मन्त्री अर्यालले ३ करोड नेपाली जनताको सम्पत्ति सुरक्षा गर्ने जिम्मेवारी भूमि व्यवस्था मन्त्रालयलाई भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सुशासन र सेवाग्राहीका सन्तुष्टीको लागि लाग्न आग्रह गर्दै उहाँले मालपोत र नापीको हालको छबीलाई जनपक्षीय, जनमैत्री छ भन्ने विश्वास दिलाउन सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो । कोरोना महामारीको विषम परिस्थितीमा पनि गत आर्थिक वर्ष र यस आर्थिक वर्षको प्रगतीमा तात्विक फरक नहुनु भनेको महत्वपूर्ण उपलब्धी रहेको मन्त्री अर्यालको भनाई थियो ।

यस आर्थिक वर्षमा मन्त्रालयले ७३।२० प्रतिशतको वित्तिय तथा ८०.११ प्रतिशतको भौतिक प्रगति गरेको छ । गत आर्थिक वर्षमा ६८.८० प्रतिशत वित्तिय र ९६.९४ प्रतिशत भौतिक प्रगती मन्त्रालयको रहेको थियो ।