काठमाडौँ, २० साउन । अहिले धेरै ठाउँमा पारिलो घाम लागेको र केही ठाउँको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभरिकाे मौसम सामान्य बदली भई देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने छ ।
त्यस्तै आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पूर्वबाट ठूलो पानी पार्ने प्रणाली प्रवेश गरेर पश्चिम सर्ने क्रममा भोलि प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्