Banner News

थप २५९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २१ हजार नाग्यो



काठमाडौँ, २० साउन । थप २५९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २५९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ६४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १५ हजार २६ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ ।