काठमाडौँ, २० साउन । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।
बैठकमा सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेका छन् ।
त्यस्तै उक्त बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विज्ञहरुले दुई साता लकडाउन गर्न दिएको सुझावलाई सकारात्मक रुपमा लिइएको बताइएको छ । प्रधानमन्त्री ओलीले यस विषयमा थप छलफल गरेर आफू टुंगोमा पुग्ने जानकारी बैठकलाई गराएका छन ।










प्रतिक्रिया दिनुहोस्