बझाङ, २२ साउन । सलहको केही झुण्ड फेरि बझाङ र पर्वतमा देखिएको छ ।
प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार धेरै दिनपछि हिजो बझाङको केदारस्युँ गाउँपालिका र पर्वतको केही ठाउँमा झुण्ड देखिएको हो ।
बझाङको केही ठाउँमा बालीनालीमा सामान्य क्षति गरेको उनले बताए । तर झुण्ड तितरबितर भएर सानो सङ्ख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना छैन । नेपालमा लगातार जस्तै पानी परेकाले धेरैजसो सलह मरेका थिए ।
पानी परेको बेला निस्क्रिय भएर जङ्गलमा बसेका झुण्ड हिजो र अस्ति घाम लागेकाले फेरि सक्रिय भएको हुन सक्ने हुमागाईले भनाइ छ ।a










प्रतिक्रिया दिनुहोस्