Banner News

थप ३६० जनामा कोरोना संक्रमण, संक्रमित संख्या २१ हजार ७ सय नाग्यो



काठमाडौँ, २२ साउन । थप ३६० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २१ हजार ७सय ५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३६०जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज २३३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १५ हजार ३ सय ८९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ ।