समाचार

आज कहाँ कति कोरोना संक्रमित थपिए ? (सूचीसहित)



काठमाडौँ, २२ साउन । थप ३६० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २१ हजार ७सय ५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४/२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४/४ जना संक्रमित भेटिएका छन् ।

महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३÷३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २/२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १÷१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज २३३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १५ हजार ३ सय ८९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ ।