राजनीति

प्रधानमन्त्रीको पद केपी ओलीलाई कसैले किस्तिमा ल्याएर सजाएर दिएको होईन: सभापति पाल



काठमाडौँ, २४ साउन । पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले प्रधानमन्त्रीको पद केपी ओलीलाई कसैले आफ्नो किस्तिमा ल्याएर सजाएर दिएको नभई जनताले जनअभिमतबाट सुम्पीएको बताउनुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र कुर्सीको लागि पार्टी विभाजन सम्मको स्थीति सिर्जना भइरहेको समयमा पदको लागि लुछाचुँडी भइरहेको उल्लेख गर्दै उहाँले पार्टी भित्रको खिचातानीले आम कार्यकर्ता मात्र नभई नेपाली जनता निरास भएको बताउनुभयो । कार्यकर्ता निरास भएको प्रति नेतृत्वहरु कुनै मतलव नगर्ने तर पार्टी फुट्छ तयार भएर बस्नु भनि निर्देशन दिनु कहि नभएको जात्रा हाँडिगाउँमा भनेजस्तै भएको उल्लेख गर्दै उहाँले वर्तमान विषम परिस्थितीमा बमौसमी बाजा नबजाउन नेतृत्वलाई आग्रह समेत गर्नुभयो ।

केही दिन अघि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठलगायतले आफ्नो गुटका पत्रकारहरुलाई भेला गरी प्रधानमन्त्री ओलीको विरुद्धमा सकेसम्म आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको थियो । सोही प्रसंग प्रति लक्षीत गर्दै सभापति पालले पार्टी भित्र आन्तरिक विवाद सिर्जना गरी विदेशी तत्वलाई खुशी बनाउने कार्य तत्काल रोक्न आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सभापति पालले भन्नुभएको छ, ‘नेकपा पार्टी भित्रको खिचातानीले गर्दा आम पार्टी कार्यकर्ता निरास छन् । नेताहरुलाई मतलब छैन, उल्टै पार्टी फुट्नसक्छ तयार भएर बस्न कार्यकर्तालाई सन्देश पठाउँछन् । कहि नभाको जात्रा हाणीगाउँमा भने जस्तै बेमौसमि बाजा बजाउन बन्द गरौ नेता ज्युहरु १ जनता आजिद भैसके, कोरोना, भोकमरी पिडा र हिंसासँग आम जनता लडिराखेका बेला देश र जनताका सवालमा कसरि सोच्ने जनतालाई कसरि राहत दिने रु भनेर रातदिन सोच्ने बेला पार्टी भित्रकै खिचातानीले गर्दा कोहि पनि खुसि छैनन् । खुसि छन् त राष्ट्रियता बिरोधि, खुसि छन् । हाम्रो देशमा अशान्ति मच्चाएर विदेशीको दुनो सोज्याउने तत्व मात्रै त्यसैले पार्टी कार्यकर्ताले खुनपसिना एक गरेर जनताका दु:ख सुखमा रातदिन पसिना बगायका कारण आज हामी यो ठाउँमा छौ । त्यसैले आम जनता र कार्यकर्तालाई निरास नबनाउन सम्पूर्ण नेतागणहरुमा आग्रह, अपिल छ । नेताहरुलाई सद्दबुद्धि आवस् । प्रधानमन्त्री पद केपी ओलीलाई कसैले किस्तिमा ल्याएर सजाएर दिएको होईन । जो हरेक बेला राजिनामा दे राजिनामा दे भन्नलाई केपी ओलीको टाउको देखाएर अस्थिर सरकारको अन्त्य गरौं । ५ वर्षका लागि स्थायी सरकार बनाउ भनेर जनताले ५ वर्षका लागि चुनेर पठाएका हुन र पार्टी अध्यक्ष महाधिवेशनबाट चुनिएर आउनु भएको हो । कसैलाई लहड लागेकै भरमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिनु उपयुक्त होईन र दिनु पनि हुदैन । त्यसैले सम्पूर्ण नेताज्युहरु एकपल्ट गम्भिर भएर सोचौं, देश र जनतालाई शिरमा राखेर चुनावमा गरिएका बाचा सोचौ के हामीहरुले पार्टी फोड्यौ भने ति बाचा साच्चिकै पुरा हालान ?’