एजेन्सी, २६ साउन । कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिन ५९३ जनाको मृत्यु भएको छ ।
योसँगै ज्यान गुमाउनेको संख्या पनि १ लाख १ हजार १३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ हजार २१३ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३० लाख ३५ हजार ५८२ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २१ लाख १८ हजार ४६० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १५ हजार ९८६ जनाको उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्