काठमाडाैँ, २६ साउन । नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन् । महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ ।
यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन् । ‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ ।’
पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनले देखाएका छन् । जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन् । स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्