समाचार

किराना पसलबाट कोटेश्वरमा फैलियो कोरोना



काठमाडौँ, २६ साउन । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको छ ।

साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो ।

वडा सदस्य हिरादेवी पोखरेलका अनुसार आइतबार १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। तीन जनालाई भने उनीहरूकै घरमा राखिएको छ ।