Banner News

थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २३ हजार नाग्यो



काठमाडौँ, २६  साउन । थप ३८० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय १० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा आज ३३८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १४० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ४ सय ९३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ ।