विचार/ब्लग

धर्म के हो र किन मान्ने?



देबराज पुरुष

धर्म चानचुने कुरा हैन, बरु सबै कुरा भन्दा ठूलो कुरा हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरु धर्ममा अडेका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नु पर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो ।

धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरीथरीका छन् । हिन्दु, मुस्लिम, क्रिश्चियन आदि । धर्म नमान्नेलाई धर्मछाडा भन्ने प्रचलन छ । धर्म व्यक्ति वा वस्तुको मूलवृत्ति प्रवृत्ति हो, मानिसको स्वभाविक गुण हो । नियमित र निर्धारित काम र व्यवहार हो । स्वर्ग प्राप्त हुन्छ भन्ने लोक विश्वासको सुकर्म पुण्य कर्म हो । लोकहितका लागि स्वीकारिएको कर्तव्य कर्म सदाचार धर्म हो ।

धर्म शब्दको अर्थ हो ईश्वरप्रतिको विश्वासले गरिने पूजाको पद्धति । विभिन्न धर्म मान्नेहरुको शब्द र उद्देश्य पनि भिन्न हुन सक्दछ । हामी हिन्दूहरुको मूलभूत आफ्नै स्वभाव हुन्छ । यही नै मानव धर्म हो भन्ने मान्यता रहेको पाइन्छ । धर्म भनेको व्यवहारिक वस्तु हो । धर्मको वारेमा ठूला ठूला कुरा गरेर मात्र धर्मको पालना हुँदैन । यदि हामी सँच्चै नै असल र धर्म पालक बन्न चाहन्छौं भने धर्मशास्त्रको अध्ययनको साथै ऋषिमुनिहरुबाट निदेर्शित मार्ग र सिद्धान्तलाई व्यवहारमा लागू गर्नु अति आवश्यक ठानिएको छ ।

धर्म धेरै किसिमका छन् । वैदिक धर्म, शैवधर्म, वैष्णव धर्म, बौद्ध धर्म, दयाधर्म, विशेष धर्म, विद्या धर्म, वर्णाश्रम धर्म, ब्राह्मण धर्म, क्षेत्रीय धर्म, वैश्यधर्म, शूद्रधर्म र सामान्य धर्म, धर्म के हो र किन मान्ने ?

धर्म चानचुने कुरा हैन, बरु सबै कुरा भन्दा ठूलो कुरा हो । धर्म भनेको वृक्ष हो। संसारका प्राणी र वस्तुहरु धर्ममा अडेका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नु पर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो ।

धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरीथरीका छन् । हिन्दु, मुस्लिम, क्रिश्चियन आदि । धर्म नमान्नेलाई धर्मछाडा भन्ने प्रचलन छ । धर्म व्यक्ति वा वस्तुको मूलवृत्ति प्रवृत्ति हो मानिसको स्वभाविक गुण हो। नियमित र निर्धारित काम र व्यवहार हो । स्वर्ग प्राप्त हुन्छ भन्ने लोक विश्वासको सुकर्म पुण्य कर्म हो। लोकहितका लागि स्वीकारिएको कर्तव्य कर्म सदाचार धर्म हो ।

धर्म शब्दको अर्थ हो ईश्वरप्रतिको विश्वासले गरिने पूजाको पद्धति । विभिन्न धर्म मान्नेहरुको शब्द र उद्देश्य पनि भिन्न हुन सक्दछ। हामी हिन्दूहरुको मूलभूत आफ्नै स्वभाव हुन्छ । यही नै मानव धर्म हो भन्ने मान्यता रहेको पाइन्छ । धर्म भनेको व्यवहारिक वस्तु हो । धर्मको वारेमा ठूला ठूला कुरा गरेर मात्र धर्मको पालना हुँदैन । यदि हामी सँच्चै नै असल र धर्म पालक बन्न चाहन्छौं भने धर्मशास्त्रको अध्ययनको साथै ऋषिमुनिहरुबाट निदेर्शित मार्ग र सिद्धान्तलाई व्यवहारमा लागू गर्नु अति आवश्यक ठानिएको छ ।

धर्म धेरै किसिमका छन् । वैदिक धर्म, शैवधर्म, वैष्णव धर्म, बौद्ध धर्म, दयाधर्म, विशेष धर्म, विद्या धर्म, वर्णाश्रम धर्म, ब्राह्मण धर्म, क्षेत्रीय धर्म, वैश्यधर्म, शूद्रधर्म र सामान्य धर्म, यस लखेमा चर्चा गर्न खोजिएको सामान्य धर्म हो । धर्म चानचुने कुरा हैन । बरु सबै कुरा भन्दा ठूलो कुरा हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरु धर्ममा अडेका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नु पर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो । धर्मको नाश भयो भने सबैको नाश हुन्छ, धर्मको रक्षा भयो भने सबैको रक्षा हुन्छ । समाजको कारक तत्व नै धर्म हो । चेतनाको स्वरुपलाई साक्षात्कार गर्नु नै धर्मको उद्देश्य हो । आत्माको भ्रान्ति हटाउने मुख्य तत्व नै धर्म हो । महाभारतको विदुर नीतिमा भनिएको छ । “बाघ बनमा सुरक्षित हुन्छ, वनले बाघको सुरक्षा गर्दछ । बाघले बनको रक्षा गर्दछ । बाघ नभएको वनको रक्षा हुँदैन । वन मासिन्छ । वन ऋषिहरुको तपस्या थल हो, अनाथको आश्रय स्थल हो । समाज सुखी र शान्त हुन धर्मको आश्रय लिनु पर्दछ । धर्म भनेको आफ्नो स्व धर्म हो, कहिल्यै नफेरिने स्वभाव हो । धर्मलाई मानवीय सदगुण पनि भनिन्छ। मानवका लागि धर्म आफ्नो परिचय हो । अस्तित्व र स्वाभिमान पनि हो । स्वधर्म पालना नगर्दा मानव मानव रहँदैन, दानव हुन पुग्दछ । धैर्य रहनु शहनशील हुनु, इन्द्रियलाई वशमा राख्नु, बुद्धिविवेकको सदुपयोग गर्नु, सत्य बोल्नु, हिंसा नगर्नु सवैका लागि समान धर्म हुन् ।

संस्कृतमा श्लोक नै छ ::

सकलापि कला कलावतां विकला धर्मकलां विना खलु ।

सकले नयने वृथा यथा तनुभाजां कनीनिकां विना ॥

(लेखक: कैलालीको गौरीगंगा नगरपालिका वडा नं ४ राजिपुर स्थायी घरभइ हाल भारतको हरिद्वारमा श्री भारती संस्कृत विद्यालयमा अध्ययनरत १७ वर्षीय छात्र हुनुहुन्छ)