समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो



काठमाडौँ, २७  साउन । कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला  तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् ।