काठमाडौँ, २८ साउन । थप ४८४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा आज ४८४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ६४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ७ सय २८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्