एजेन्सी, २९ साउन । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ ।
कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले संक्रमित फेला परेकाे वल्डओमिटरले जनाएकाे छ ।
भारतमा पछिल्लो २४ घण्टाभित्र ६७ हजार ६६ नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो । अमेरिकामा भने पछिल्लाे २४ घण्टामा ५३ हजार ६ सय ६ जना नयाँ संक्रमित फेला परेका छन् भने ब्राजिलमा ५८ हजार ८१ जना नयाँ संक्रमित फेला परेकाे वल्डओमिटरले जनाएकाे छ ।
यसअघि सम्म कुनैदिन यतिको संख्यामा संक्रमित फेला परेका थिएनन् । अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।
अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या २३ लाख ९५ हजार ४७१ पुगेकाे छ । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ४७ हजार १ सय ३८ पुगेकाे छ । बुधबार मात्रै त्यहाँ ९ सय ५० जनाकाे मृत्यु भएकाे छ ।
अहिले भातरमा ६ लाख ५२ हजार बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १६ लाख ९५ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्