काठमाडौँ, ३० साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वाब परीक्षणका लागि दिइसकेपछि अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का भएमामात्र स्वाब परीक्षण गर्न आग्रह गरेको छ । तर कतिपयले स्वाब परीक्षणका लागि दिइसकेपछि पनि घरबाहिर घुम्ने गरेको पाइएको र यसले कोरोना सङ्क्रमणको जोखिम थप बढाएको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएको हो ।
कोरोना परीक्षणको रिपोर्ट नआउँदै घुमफिरमा निस्कँदा पछि सङ्क्रमण पुष्टि हुँदा सम्पर्कमा आएकाहरुको खोजी गर्न समस्या भएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्