महोत्तरी, ३१ साउन । महोत्तरीमा एउटै वडामा १६ जनालाई पाँच घण्टाको अन्तरालमा विषालु सर्पले टोकेपछि स्थानियहरु त्रसित भएका छन् ।
भंगहा नगरपालिकाको वडा नं.५ राजपुरमा शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर संजीव साहले सबै प्रति स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर साहको भनाइअनुसार घरमै हुँदासमेत सर्पले टोक्ने गरेको तर सर्प कसैले नदेखेको उनको भनाइ छ ।
टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयहरूले बताएका छन् । सर्पले टोकेका घाइतेहरुको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा र सर्पदंश उपचार केन्द्र बन्दिपुरमा उपचार भइरहेको छ । यसअघि बिहीबार दिउँसो सोही टोलमै विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्