विश्व

भारतमा एकैदिन ५८ हजार बढीमा कोरोना संक्रमित फेला



काठमाडौँ, १ भदौ । आइतबार भारतमा एकैदिन ५८ हजार १०८ जना नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ ।

जुन अन्य देशकाे भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हाे । आइतबार त्यहाँ काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि अरू देशकाे भन्दा बढी ९६१ रहेकाे छ ।

यससँगै अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या २६ लाख ४७ हजार ३१६ पुगेकाे छ । ज्यान गुमाउनेकाे कुल संख्या ५१ हजार ४५ रहेकाे छ भने निकाे हुनेकाे संख्या १९ लाख १८ हजारभन्दा बढी रहेकाे छ ।

आइतबार मात्र त्यहाँ ५७ हजार ४०४ जना निकाे भएका छन् । अहिले ६ लाख ७८ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।