कञ्चनपुर, १ भदौ । कञ्चनपुरमा मलामी गएका एकजना युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् ।
आफ्नी हजुरआमाको मलामी गएका बेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय युवक जनक साउद हजुरआमाको अन्त्येष्टिका लागि नदीमा पानीको बहाव हेर्न जाँदा महाकालीले बगाएको प्रहरीले जनाएको छ ।
ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बिहान करीब ९ बजे बगेर बेपत्ता भएका साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्