राजनीति

पूर्वराजा शाहद्वारा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, ३ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले आज एक विज्ञप्ति जारी गर्दै निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनीय र मननीय छन् भन्ने कुरा दर्शाइबक्सदै मौसूफबाट उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा व्यक्त गरिबक्सकेको छ, ‘मौसफूबाट दिवङ्गत आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिबक्सेको छ ।’