काठमाडौँ, ४ भदौ । थप ७०७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएको थियो, त्यस क्रममा काठमाडौं उपत्यकामा मात्र २०० जना संक्रमित भेटिएका छन् । जसमध्ये १७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् ।
यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१/३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१/२१ जना, सप्तरी, कास्की र दैलेखका १९/१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६/१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
तेह्रथुम र मोरङमका ९/९ जना, बारा र बाग्लुङका ८/८ जना, उपयपुर र दाङका ४/४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३/३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २/२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार आज २६४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ९ सय ६४ जाना रहेको छ भने मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्