चितवन, ५ भदौ । चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोभिड १९ प्रयोगशालामा विहीवार गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो ।
यस्तै, राप्ती नगरपालिकाका वडा नं। २ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए । संक्रमण देखिएकाहरु १२ देखि ६७ बर्ष उमेर समूहका छन् । यसैगरी, संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जना छन् ।
नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । उनीहरु अस्पताल अएका बिरामी हुन् । चितवनमा आज २२ जना संक्रमितको संख्या ३०३ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्